Main News

बागमती प्रदेशको मुख्यमन्त्री बन्दै नेतृ अष्टलक्ष्मी शाक्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २ गते १७:०४
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै नेतृ अष्टलक्ष्मी शाक्य (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । सत्तारुढ नेकपा एमालेले डोरमणि पौडेललाई हटाएर अस्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागेको हो ।

मुख्यमन्त्री बनाउनका लागि नेकपा एमाले बागमती प्रदेश संसदीय दलले अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत रुपमा नेता चयन गरेको छ । अब मुख्यमन्त्री पौडेलले राजीनामा दिएपछि शाक्यले सपथ लिनुहुनेछ ।

यसअघि नेपाल–खनाल समूहमा रहेको शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि एमालेले मुख्यमन्त्री बनाउन लागेको हो ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले नै शाक्यलाई नेता बनाउन प्रस्ताव गर्नुभएको थियो । बागमती प्रदेशमा नेकपा एमाले एक्लैको बहुमत छ । १ सय ९ सदस्य कायम रहेको प्रदेशसभामा एमालेका सभामुखसहित ५६ सांसद छन् ।

यसअघि एमालेको विवादका बेला २२ जना सांसद नेपालद्दखनाल समूहमा उभिएका थिए । शाक्यले नेपालको साथ छाडेपछि यो संख्या घटबढ हुने संभावना छ । तर केही सांसद मात्रै विपक्षमा उभिए भने मुख्यमन्त्रीको पद धरापमा पर्नेछ ।

प्रदेशमा माओवादीका २३ र कांग्रेसका २२ सांसद छन् । विवेकशील साझासँग ३, नेमकिपा र राप्रपासँग दुईदुई र जसपाका एक सांसद छन् । बागमतीमा सरकार बनाउन ५५ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *