Main News

अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाली काठमाडौं आइपुगे

हिमालय टिभी
२०७८ भदौ २ गते १३:१३
अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाली काठमाडौं आइपुगे

२ भदौ २०७८ काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाली आज बिहान काठमाडौं आइपुगेका छन् ।

बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट उनीहरु स्वदेश फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

अफगानिस्तानबाट उद्धार गरेर लण्डन लगिएका ६१ जनालाई दोहा हुँदै काठमाडौं ल्याइएको हो । उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण लगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।

यसअघि हिँजो दिउँसो १ सय १८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २ सय ५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *