चीनसँग खरिद गरिएको खोपमध्ये आठ लाख डोज आज नेपाल आइपुग्दै

२ भदौ २०७८ काठमाडौं । चीनबाट खरिद प्रक्रियामार्फत ल्याउन लागिएको ६० लाख डोज खोपमध्ये आठ लाख डोज भेरोसेल खोप आज आउने भएको छ।
आज ८ लाख डोज आउने र थप ८ लाख डोज भोलि ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका अनुसार आज आठ लाख र भोलि आठ लाख डोज खोप काठमाडौं आइपुग्नेछ ।
बाँकी ४४ लाख डोज खोप अगस्त अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ। जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्येको आउन बाँकी ७ लाख डोज भदौ ५ र ७ गते आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन आइपुगेको छ ।
यस्तै १० लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका समेत गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप नेपाल आइपुगेको छ । ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् ।
प्रतिक्रिया