Main News

अब एकताको ढोका खुला राखेर अलग पार्टी बनाउँछौंः वरिष्ठ नेता नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १ गते १९:४१
अब एकताको ढोका खुला राखेर अलग पार्टी बनाउँछौंः वरिष्ठ नेता नेपाल (भिडियो रिपोर्टसहित)

१ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग एकताको ढोका खुला राखेर अलग पार्टी बनाउनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

आफु पक्षीय जनवर्गीय संगठनहरुको कार्यक्रमलाई जुममार्फत् सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेकाले पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

वरिष्ठ नेता नेपालले आफुहरु अहिले सबै पार्टीहरुसँग सहकार्य गर्ने भएपनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अन्य वामपन्थी शक्तिहरुलाई पनि एकताबद्ध बनाउने बताउनुभयो ।

अध्यक्ष ओलीले एकताको ढोका बन्द गरेर आफूलाई दोष दिन खोजेको भन्दै नेपालले आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *