Main News

राष्ट्रपति भण्डारीबाट संघीय संसद अधिवेशन अन्त्य

हिमालय टिभी
२०७८ साउन ३२ गते १५:५२
राष्ट्रपति भण्डारीबाट संघीय संसद अधिवेशन अन्त्य

३२ साउन २०७८ काठमाडौं । संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गर्नु भएको हो । अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउनुभयो ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको बैठक २९ दिन चल्यो । जसमध्ये नौ दिनमा १० वटा बैठक बसे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *