धादिङमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

हिमालय टिभी
२०७८ साउन ३२ गते १५:४१
धादिङमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

३२ साउन २०७८ धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षकी रेनुका कुलुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् ।

ति मध्ये चार जनाको अवस्था गम्भीर छ । ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छी स्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *