Main News

घरबाट फोहोर ननिकाल्न नागरिकलाई काठमाडौं महानगरपालिकाको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते १४:२४
घरबाट फोहोर ननिकाल्न नागरिकलाई काठमाडौं महानगरपालिकाको आग्रह (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ ।

महानगरपालिकाको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउने विज्ञप्तिमा उल्लेख छ । महानगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ–कुनामा फोहोर थुप्रिन शुरु भएको छ ।

अझै कति दिनपछि फोहोर उठ्छ भन्ने निश्चित छैन । काठमाडौं उपत्यकाको फोहोरमैलाको नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।

फोहोर विसर्जन गर्ने अर्को विकल्प नभएकोले सिस्डोलमा समस्या हुँदा काठमाडौं बेलाबेलामा दुर्गन्धित बन्ने गरेको छ ।

बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल्ड साइटमा फोहर विसर्जनको योजना बन्न नसक्दा दीर्घकालिन रुपमा उपत्यकाको फोहर व्यवस्थापनको समस्या समाधान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *