Main News

अनशन स्थगित गर्न पूर्वगोर्खा सैनिकलाई नेपाल सरकारको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते १४:१९
अनशन स्थगित गर्न पूर्वगोर्खा सैनिकलाई नेपाल सरकारको आग्रह (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । नेपाल सरकारले समानताको माग राखी लण्डनमा आमरण अनशनमा बसिरहेको भूतपूर्व गोर्खा सैनिकलाई अनशन स्थगित गर्न आग्रह गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।

माग पुरा गर्नका लागि सरकारले कूटनैतिक प्रक्रिया शुरु गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

समानताको माग गर्दै लण्डनमा भूतपूर्व गोर्खा सैनिक केही समयदेखि आमरण अनशनमा छन् । विभिन्न ढंगले दबाव दिँदा बेलायत सरकारले नसुनेपछि उनीहरु आमरण अनशनमा बसेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *