Main News

कति छन् अफगानिस्तानमा नेपाली ? कहिले हुन्छ उद्धार ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३१ गते २०:५६
कति छन् अफगानिस्तानमा नेपाली ? कहिले हुन्छ उद्धार ?(भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ काठमाडौं । विद्रोही समूह तालिवानले अफगानिस्तान कब्जा गरेसँगै सरकारले त्यहाँका नेपालीको उद्धारका लागि पहल गरेको दाबी गरेको छ । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार काबुलमा १५ सय जति नेपाली औपचारिक क्षेत्रमा कार्यरत छन् । र उनीहरूको सुरक्षाका लागि पहल गरिरहेको दाबी पनि मन्त्रालयको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले दिएको जानकारी अनुसार काबुलमा औपचारिक क्षेत्रमा करिब १५ सय जति नेपाली कार्यरत छन् ।

अफगानिस्तानमा धेरै नेपाली रहेको अनुमान गरिए पनि सरकारले त्यस्तो हुन नसक्ने जनाएको छ । किन कि अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा रोजगारीको संभावना नै छैन ।

सरकारसँग अनुमति लिएरै अफगानिस्तान गएका नेपाली विदेशी संघ संस्थामा कन्सल्ट्यान्टका रुपमा छन् । केही नेपाली सुरक्षा गार्ड रहेको अनुमान छ । उनीहरु विदेशी दूतावास तथा कुटनीतिक नियोगलगायतका औपचारिक क्षेत्रमा कार्यरत छन् ।

उनीहरुलाई सुरक्षित स्थानमा राख्न उनीहरु कार्यरत संस्थालाई नै नेपाल सरकारले आग्रह गरेको दावी गरेको छ । र उनीहरुलाई त्यहाँबाट निकाल्न ती संस्थाले योजना बनाइरहेका छन् ।

अफगानिस्तानको राजधानी काबुल बाहिर नेपाली रहेको कुनै विवरण आएको छैन । काबुलमा रहेकाहरु पनि यसअघि नै सुरक्षितस्थानमा पुगेका छन् ।

अफगानिस्तानमा नेपालीका बारेमा अध्ययन गर्न भने सरकारले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि छन् ।

अफगानिस्तानमा जेजति नेपाली छन् । उनीहरु अहिले खतरामा छन् । त्यसैले उनीहरुलाई तत्काल उद्धार गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *