Main News
अन्तर्राष्ट्रिय समुदायको असफलताका कारण अफगानिस्तान संकटः परराष्ट्रविद पाण्डे
२०७८ साउन ३१ गते १९:१०

३१ साउन २०७८ काठमाडौं । परराष्ट्रविद डाक्टर निश्चलनाथ पाण्डेले अमेरिकासहित अन्तर्राष्ट्रिय समूदायको असफलताले अफगानिस्तानमा संकट उत्पन्न भएको बताउनुभएको छ ।
काठमाण्डौमा पत्रकारसित कुरा गर्दै परराष्ट्रविद पाण्डेले तालिवान विद्रोहीले एक महिनामै कब्जा गरेकोले २० वर्षसम्म अमेरिका सहितको अन्तर्राष्ट्रिय के गरे बसेको थियो भन्ने प्रश्न उठेको बताउनुभयो ।
पाण्डेले काबुलमा सत्ता परिवर्तनसँगै नेपालले पनि भूमिका देखाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
सार्क राष्ट्रको अध्यक्ष भएकोले नेपालको भूमिका अपेक्षित रहेको डाक्टर पाण्डेले बताउनुभयो । नयाँ सत्ता आएमा नेपालको भूमिका के हुने भन्नेबारे छिटो प्रष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया