कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु, २२१२ जना संक्रमित थपिए
३१ साउन २०७८ काठमाडौं । पछिल्लो पटक देशभरमा २२ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १ सय ६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा दुई हजार २ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आठ हजार ८८ जनाको पीसीआर परीक्षण गर्दा १७ सय ९३ र चार हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौं उपत्यकामा ७ सय ३९ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो पटक ३३ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर ३९ हजार २ सय ९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार १८ होम आइसोलेसनमा छन् ।
७ सय ५८ जना आइसीयुमा र १९३ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ७० हजार ७ सय ७७ जनालाई खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया