Main News

विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण समयमै पूरा नहुने निश्चित

हिमालय टिभी
२०७८ साउन ३१ गते १४:०३
विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण समयमै  पूरा नहुने निश्चित

३१ साउन २०७८ विराटनगर । विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणको काम निर्धारित समयमा पूरा नहुने भएको छ ।

आर्थिक वर्ष २०६९–७० मा सम्झौता भई काम भइरहेको सडक आयोजना मोरङको रानीदेखि सुनसरीको धरानसम्मको ४४ किलोमिटर सडकका लागि १७ ओटा निर्माण ठेकेदारले काम गरिरहेका छन् ।

तर ठेक्का पाएका कम्पनीले हालसम्म कुनै पनि ठाउँको काम पूरा गरेका छैनन् । समयमा ठेक्कापट्टा नलागेको र सडक छेउमा भएका संरचना हटाउन नसक्दा सोचे अनुसारको काम नभएको सडक आयोजनाले जनाएको छ ।

१० अर्ब ९८ करोड लागतमा निर्माण भइरहेको सडक २०८० साल सम्म सक्नुपर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीले समयमा काम नसक्दा निर्धारित समयमा काम नसकिने देखिएको हो । सडक विस्तारको काम हालसम्म ७५ प्रतिशत सम्पन्न भएको छ ।

यो सडक आयजना किमाथाङ्कासम्म पुर्‍याउने राष्ट्रिय गौरवको योजना हो । समयमा काम गर्न नसकेको भन्दै सडक आयोजनाले ३ वटा निर्माण कम्पनीलाई कारबाही समेत गरेको छ ।

गिताञ्जिलली जेभीलाई २ करोड ४० लाख, पप्पु जेभि कन्ट्रक्सनलाई १ करोड ४० लाख र कान्छाराम जेभिलाई २ करोड ३२ लाख जरिवाना गरेको छ ।

आयोजनाका अनुसार अहिले सुनसरीको धरान क्षेत्र र दुहबी बजार क्षेत्रमा जग्गाको मुआब्जा विवाद कायम छ । जसका कारण समयमै ठेक्का लगाउने कामपनि अघि बढन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *