कपिलवस्तुमा दुर्लभ रेड पाण्डाको छालासहित तीन जना पक्राउ

हिमालय टिभी
२०७८ साउन २९ गते १३:५२
कपिलवस्तुमा दुर्लभ रेड पाण्डाको छालासहित तीन जना पक्राउ

२९ साउन २०७८ कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले दुर्लभ रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु प्रहरीले बाणगंगा नगरपालिकाको सिद्धिपुरबाट झापाको जिल्ला बिर्तामोड नगरपालिका–५ शनिश्चरेका खगेन्द्र पुरी, आशिष जोगी र सौरभ राजवंशीलाई प्रहरीले पक्रेको हो ।

सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजमा रेडपाण्डाको छालाको कारोबार भइ रहेको सूचनाका आधारमा गएराति लुम्बिनी प्रदेश प्रहरी र कपिलवस्तु प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो ।

प्रहरीले लजको कोठा नम्बर १ सय ४ बाट २ वटा रेडपाण्डाको छाला र एउटा रेड पाण्डाको पुच्छर फेला पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *