विदेश

जासुसीको आरोपमा क्यानेडियन व्यापारीलाई चीनमा १५ वर्ष जेल सजाय

हिमालय टिभी
२०७८ साउन २८ गते ७:४७
जासुसीको आरोपमा क्यानेडियन व्यापारीलाई चीनमा १५ वर्ष जेल सजाय

२८ साउन २०७८ बेइजिङ । चीनको एक अदालतले क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ।

सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोर अर्का क्यानडाली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए। यो फैसलाले क्यानडा र चीनबीच थप तनाब हुने अनुमान गरिएकव छ ।

अमेरिकाले सुपुर्दगी चाहेको ह्वावेईकी कार्यकारी प्रमुख मङ वान्जूलाई क्यानडाबाट छुटाउन चीनले प्रयत्न गरिरहेको छ।

आलोचकहरूले चीनले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभई मङलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेको दाबी गरेका छन्।

चीनका लागि क्यानडाका राजदूत डोमिनिक बार्टनले फैसलाको भर्त्सना गरेका छन्।

अमेरिका र क्यानडाका अधिकारीहरुले पनि यो घटनाको विरोध गरेका छन् । अदालतको फैसलापछि पश्चिमा देशहरुसँग चीनको सम्बन्ध थप बिग्रने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *