Main News

विदा हुँदाहुँदै पोखरेलद्वारा विभिन्न नियुक्ति र कर्मचारी सरुवा

हिमालय टिभी
२०७८ साउन २७ गते १७:१६
विदा हुँदाहुँदै पोखरेलद्वारा विभिन्न नियुक्ति र कर्मचारी सरुवा

२७ साउन २०७८ बुटवल । शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विदा हुनुअघि विभिन्न नियुक्ति र कर्मचारीको सरुवा गरेको छ ।

आज विहान बसेको प्रदेश मन्त्रीपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनाललाई हटाएको छ ।

कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा रहेर काम गरेका कर्मचारीहरुलाई खोजिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्याद समेत थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेश विपद व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका स्वीकृत गरेको प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *