Political Hightlights

पौडेल पक्षको भूमिकाप्रति सहमहामन्त्री महतको चर्को असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २७ गते १५:१४
पौडेल पक्षको भूमिकाप्रति सहमहामन्त्री महतको चर्को असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२७ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भूमिकाप्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा महतले पौडेल पक्षले सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

सहमहामन्त्री महतले पूरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने पौडेल पक्षको प्रस्ताव अस्वीकार गर्नुभयो । यो प्रस्ताव वैधानिक नहुने महतको तर्क छ ।

पूरानै प्रतिनिधिबाट पार्टीको केन्द्रीय कार्य समिति चयन गरौैं भन्ने पौैडेल पक्षको प्रस्ताव कसरी वैधानिक छ भनेर पनि उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्