Main News

लुम्बिनी प्रदेशका सांसदको रिटमाथि आज सुनुवाइ हुन सकेन

हिमालय टिभी
२०७८ साउन २६ गते १९:१३
लुम्बिनी प्रदेशका सांसदको रिटमाथि आज सुनुवाइ हुन सकेन

२६ साउन २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविस्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुन सकेन ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो ।

लुम्बिनी प्रदेशका एमाले सांसद लीला गिरीले रिट दायर गरेको रिटमा संविधानको धारा १ सय ६८ को उपधारा १ बमोजिम बनेको सरकारमाथि दुई वर्षसम्मअविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।

विपक्षी गठबन्धनका सांसदको समावेदनका आधारमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले भोलीका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

​विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *