Main News

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४९०४ संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन २६ गते १७:१९
कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४९०४ संक्रमित थपिए

२६ साउन २०७८ काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक एकैदिन करिब ५ हजार संक्रमित थपिएका छन् ।

पछिल्लो पटक १३ हजार २ सय १७ पीसीआर परीक्षण गर्दा ३१ सय ९४ र ५ हजार ९ सय ६ एन्टिजेन परीक्षणमा १७ सय १० गरी जम्मा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितको यो संख्या परीक्षणका आधारमा करिब ‍‍‍२६ प्रतिशत हो । अर्थात चारजनाको परीक्षण गर्दा एकजनामा संक्रमण पाइएको छ । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै करिब १२ सय जना छन् ।

काठमाडौंमा ७ सय ९५, ललितपुरमा २ सय ३९, भक्तपुरमा १ सय ५२ जना संक्रमित थपिएका छन् ।

उपत्यकावाहिर झापामा २ सय ९७, कास्कीमा २ सय ९४, चितवनमा १ सय ७९, मोरङमा १ सय ६४, सुनसरीमा १ सय ३९, काभ्रेमा १ सय ३८ र नवलपरासी पूर्वमा १ सय जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक २१ सय १५ जना मात्रै संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ३७ हजार ३ सय ३२ पुगेको छ । संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।

योसंगै मृतकको संख्या १० हजार १ सय ५० पुगको छ । गम्भीर अवस्थाका विरामीको संख्या पनि बढेको छ । ७ सय ६१ जनाको आइसीयु र १ सय ७६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *