विदेश

अफगानिस्तानमा विद्रोही र सेनाबीचको भिडन्तमा २७ बालबालिका मारिए

हिमालय टिभी
२०७८ साउन २६ गते ९:१६
अफगानिस्तानमा विद्रोही र सेनाबीचको भिडन्तमा २७ बालबालिका मारिए

२६ साउन २०७८ काबुल । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला तीन दिनमा २७ जना बालबालिका मारिएको जनाएको छ ।

राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धि भएकोमा चिन्ता व्यक्त गरेको छ । दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएको पनि युनिसेफले जनाएको छ ।

विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ । गत शुक्रबारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ ।

हिजो युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको उल्लेख छ । कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएको विवरण यनिसेफले जनाएको छ ।

विगत तीन दिनमा ती क्षेत्रहरूमा १ सय ३६ भन्दा बढी बालबालिकाहरू घाइते भएको युनिसेफले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *