Main News

लुम्बिनी प्रदेश सभाको बैठक रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ

हिमालय टिभी
२०७८ साउन २६ गते ९:०७
लुम्बिनी प्रदेश सभाको बैठक रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ

२६ साउन २०७८ काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ ।

हिजो लुम्बिनी प्रदेश सांसद लीला गिरीले दिनुभएको रिट दर्ता भएको र आजका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । यसअघि सर्वोच्चले हकदैया नपुगेको भन्दै पेश भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपीठ भएको थियो ।

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले भोलिका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

सरकारसँगको छलफल र सहमति बिना संविधानविपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै लुम्बिनी प्रदेश सभाको एमाले संसदीय दलको तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष गिरीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *