Main News
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
२०७८ साउन २६ गते ९:०१
२६ साउन २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
संसद भवन बानेश्वरमा आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयक पेश गर्ने कार्यसूची छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश आजको बैठकमा टेबुल गर्ने कार्यसूची रहेको छ।
दोस्रो पटक पुनस्थापित संसदमा सरकारले आवश्यक विजनेश दिन नसक्दा बैठक निश्प्रभावी बनिरहेको गुनासो आइरहेको छ ।
प्रतिक्रिया