विदेश

अफगानिस्तानमा तालिवानद्वारा एकैदिन तीन वटा प्रान्तीय राजधानी कब्जा

हिमालय टिभी
२०७८ साउन २५ गते ७:५४
अफगानिस्तानमा तालिवानद्वारा एकैदिन तीन वटा प्रान्तीय राजधानी कब्जा

२५ साउन २०७८ काबुल । अफगानिस्तानमा तालिवान विद्रोही समूहले हिजो एकैदिन तीन प्रान्तीय राजधानीमा पकड जमाएको छ ।

तालिवान लडाकुले उत्तरी शहर कुन्दुज, सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गरेका हुन् । यससँगै अहिलेसम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भैसकेका छन् ।

यसअघि उनीहरुले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जाराञ्ज कब्जामा लिएका थिए ।

नियन्त्रणमा लिइएका मध्ये कुन्दुज रणनीतिक रुपमा निकै महत्वपूर्ण रहेको मानिन्छ । कुन्दुज केन्द्रीय राजधानी काबुलसहित अन्य महत्वपूर्ण केन्द्रहरुसँग जोडिएको छ ।

अफगानिस्तानबाट विदेशी सेना फर्किन थालेपछि तालिवानले ग्रामीण क्षेत्रबाट अब शहरी क्षेत्रमा आफ्नो प्रभाव क्षेत्र तीव्र गतिमा बिस्तार गरिरहेको छ ।

त्यस्तै पश्चिमी शहर हेरात, दक्षिणी शहर कान्दाहर तथा लश्कर गाहमा पनि सरकार र विद्रोहीबीच भिडन्त भइरहेको छ । सरकारले विद्रोही लक्षित हवाई आक्रमण पनि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *