कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु, २५४८ संक्रमित थपिए

२४ साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो पटक थप ५५ जनाको मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या १० हजार ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक २५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजा ३३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट ४११ जनामा संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौं उपत्यकामा ९ सय ५१ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ७ सय ४०, ललितपुरमा १ सय ५५ र भक्तपुरमा ५६ जना संक्रमित थपिए । उपत्यका बाहिर कास्कीमा १ सय ८९, मोरङमा १ सय ४९ र झापामा १ सय ९ जना संक्रमित थपिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ रहेको मन्त्रलायले जनाएको छ । हाल देशभरका अस्पतालमा ८ सय २ जनाको आइसीयू र १ सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो पटक २ हजार २९ जना संक्रमणमुक्त भएको मन्त्रलायले जनाएको छ ।
प्रतिक्रिया