Main News

सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

हिमालय टिभी
२०७८ साउन २४ गते ९:१०
सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

२४ साउन २०७८ काठमाडौं । सरकारले सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्ने भएको छ ।

कार्यदलले न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन अस्ति प्रधानमन्त्री शेरबहादुर देउवालगायत दलका शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । त्यही प्रतिवेदन सरकारले आज सार्वजनिक गर्न लागेको हो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) का नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सत्ता गठबन्धनले शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था, सुशासनर समाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । साझा कार्यक्रममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बर्द्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन् ।

साझा कार्यक्रममा कोरोना सङ्क्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । अब सरकारले साझा कार्यक्रमको नीतिअनुसार काम गर्ने कार्यदलले जनाएको छ ।

सरकारका काम कारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन भएको सात सदस्यीय कार्यदलमा कांग्रेसबाट मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) बाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *