अब हुने भनिएका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

हिमालय टिभी
२०७८ साउन २२ गते १९:१५
अब हुने भनिएका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२२ साउन २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हुने भनिएका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

देशभर कोरोना संक्रमण बढेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को र विश्वविद्यालयहरुले लिने परीक्षा रोक्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा सिफारिस गरिएको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा गर्ने तयारी गरिरहेको छ ।

यस्तै विभिन्न विश्वविद्यालयले पनि परीक्षा तालिका निकालेका छन् । चार लाख विद्यार्थी एकैपटक परीक्षा दिँदा शैक्षिक संस्थहरुमा भिडभाड बढ्ने र त्यसले सङ्क्रमणलाई झनै बढाउने भन्दै विज्ञहरुले परीक्षा तत्कालै स्थगन गर्न माग गर्दै आएका थिए ।

त्यसै अनुसार परीक्षा रोक्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *