राजनीति

एमाले संस्थापन पक्षले पार्टीको आन्तरिक काम कारबाही नरोक्ने

हिमालय टिभी
२०७८ साउन २२ गते १८:५०
एमाले संस्थापन पक्षले पार्टीको आन्तरिक काम कारबाही नरोक्ने

२२ साउन २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले भने पार्टीका आन्तरिक काम कारबाही नरोक्ने प्रतिक्रिया दिएको छ ।

नेपाल खनाल समूहले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण र स्थानीय तहका अधिवेशन रोक्न आग्रह गरे पनि संस्थापनले अश्विकार गरेको हो ।

संस्थापनले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्णय पनि गरिसकेको छ । आज भएको संस्थापन समूहको विधान संशोधन सम्बन्धि छलफलपछि प्रवक्ता प्रदीप ज्ञवालीले वार्ताका नाममा अनन्तकालसम्म पार्टी काम रोक्न नसकिने बताउनुभयो ।

एमालेको हालको विधान संघीय ढाँचा अनुसार नभएको भन्दै संशोधनका लागि समिति बनाइएको छ । त्यस्तै ७० वर्षे उमेर हद लगायतका विषय र संविधान अनुकूलका संरचना बनाउन संस्थापनले आन्तरिक छलफल अघि बढाएको छ ।

एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सो अघि यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकले एकताका लागि अध्यक्ष ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णयप्रति माफी माग्नुपर्ने लगायतका प्रस्तावबारे सोधिएको प्रश्नमा प्रवक्ता ज्ञवालीले टिप्पणी गर्न नचाहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्