Main News

संवैधानिक आयोगमा गरिएको नियुक्ति बदर गर्न राष्ट्रियसभाले निर्देशन दिनुपर्ने सांसद बिडारीको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते १६:४३
संवैधानिक आयोगमा गरिएको नियुक्ति बदर गर्न राष्ट्रियसभाले निर्देशन दिनुपर्ने सांसद बिडारीको माग (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको छ ।

आजको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रुपमा अध्यादेशमार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ति नियुक्तिहरु बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभाजस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतिद्वारा ति नियुक्तिहरु बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरि कार्य गर्नु भनी निर्देशन पनि दिन सकौ ।’

उहाँले संवैधानिक आयोग अपाङ्ग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संवैधानिक आयोग अपाङ्ग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काँम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधीशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अंगहरु निष्प्रभावी भयो । संविधान विरोधीहरु खुशी भए । नेपाल विरोधीहरु नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मुर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले ।’

उहाँले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिबहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गर्नुभयो । वर्तमान सरकार मुलुकमारा र गरिबमारा हुन नहुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *