Political Hightlights

कांग्रेस महाधिवेशनका बारेमा शीर्ष नेताकै यस्तो फरकफरक धारणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते १५:०७
कांग्रेस महाधिवेशनका बारेमा शीर्ष नेताकै यस्तो फरकफरक धारणा (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका दुई शीर्षस्थ नेताले पार्टीको महाधिवेशनबारे फरकफरक धारणा राखेका छन् । महामन्त्री डाक्टर शशांक कोइराला र उपसभापति विमलेन्द्र निधिले महाधिवेशनको मितिबारे फरकफरक धारणा राख्नुभएको हो ।

चितवनमा पत्रकारसँग महामन्त्री कोइरालाले भदौमा महाधिवेशन संभव नभएको बताउनुभएको छ । क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनको मुद्दा मिल्न बाँकी रहेकाले तोकिएको समयमा महाधिवेशन सम्भव नरहेको उहाँले बताउनु भयो । आन्तरिक समस्या समाधान गरेर मङ्सिरसम्ममा महाधिवेशन हुने महामन्त्री कोइरालाको दाबी छ ।

तर जनकपुर पुगेका उपसभापति निधिले भने भदौमै महाधिवेशन हुने दबी गर्नुभएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल विशेष महाधिवेशन गरि तदर्थ समिति बनाउन सकिने बताए पनि उपसभापति निधिले भने त्यसको औचित्य नरहेको बताउनुभयो ।

उपसभापति निधिले भदौमै केही दिन सारेर भए पनि महाधिवेशन गर्ने बताउनुभयो । उहाँले सभापतिमा आफ्नो उम्मेदवारी निश्चित रहेको पनि बताउनुभयो ।

निधिले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटने योजना भएकाले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *