Main News

आजदेखि देशभर कोरोनाविरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

हिमालय टिभी
२०७८ साउन २२ गते ८:००
आजदेखि देशभर कोरोनाविरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

२२ साउन २०७८ काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।

पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबैलाई आजदेखि दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ ।

सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई पुग्नेगरी खोप ल्याउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *