Main News

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४१०७ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन २० गते १७:०१
कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४१०७ जना संक्रमित थपिए

२० साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणदर बढेर २६ प्रतिशत नाघेको छ । पछिल्लो पटक एकैदिन ४१ सय भन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २ सय ९८ परीक्षण गर्दा ४१ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो परीक्षणका आधारमा २६ दशमलव दुई प्रतिशतमा संक्रमण देखिएको छ । ११ हजार ३ सय ५४ पिसीआर परीक्षण गर्दा २९ सय ७५ र ४ हजार ९ सय ४४ एन्टीजेन परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १२ सय ७९ जना छन् । ति मध्ये काठमाडौंमा ९ सय ८, ललितपुरमा १ सय ६५ र भक्तपुरमा २ सय ६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक १५ सय ३५ जनामात्रै संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ३३ हजार ४ सय ६४ पुगेको छ । संक्रमणबाट गम्भीर विरामी पर्ने र मृत्यु हुने संख्या पनि बढ्दै गएको छ ।

पछिल्लो पटक थप ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।

७ सय १४ जनाको आइसियुमा र १ सय ५६ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *