Main News

पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण सफल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २० गते १६:२५
पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण सफल (भिडियो रिपोर्टसहित)

२० साउन २०७८ काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको आज मिर्गौला प्रत्यारोपण गरिएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

भारतको ओपोलो अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डाक्टर अखिल मिश्रको नेतृत्वमा खनाल मिर्गौला प्रत्यारोपण गरिएको हो । स्वास्थ्यमा समस्या आएपछि गत चैत ३० गते खनाल उपचारका लागि दिल्ली जानुभएको थियो ।

त्यहाँ उहाँको मिर्गौलामा समस्या भएको र डाक्टरले मिर्गौला प्रत्यारोपणको सल्लाह दिएका थिए । त्यसपछि खनाल गत असार २ गते दिल्ली जानुभएको थियो । झण्डै दुई महिना पछि खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

केही समय अस्पतालमै आराम गरेपछि नेता खनाल स्वदेश फर्कने भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *