Main News

आज देशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ साउन २० गते ८:५८
आज देशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना

२० साउन २०७८ काठमाडौं । आज पनि देशभरको मौसम प्रतिकुल रहने भएको छ ।

मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *