राजनीति

पार्टी एकताका लागि प्रयास जारी राख्ने एमालेको नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १८ गते १९:२०
पार्टी एकताका लागि प्रयास जारी राख्ने एमालेको नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । एमाले संस्थापन पक्ष महाधिवेशनको तयारीमा लागे पनि नेपाल–खनाल समूहले पार्टी एकताका लागि प्रयास जारी राख्ने निर्णय गरेको छ ।

नेपाल–खनाल समूहका स्थायी समिति सदस्यको बैठकले एक अर्कामाथिको आरोपप्रत्यारोप बन्द गरेर एकता प्रयास अघि बढाउने निर्णय गरेको हो ।

बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बसेको बैठकले पार्टी एकता टुंगोमा पुर्‍याउन दुवै पक्ष संयमित, जिम्मेवार, संवेदनशील भएर लाग्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।

नेता रघुजी पन्तले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटवार्ता हुने समेत बताउनुभयो ।

बैठकले एकताका लागि हालसम्म भएका प्रयास सकारात्मक रहेको निष्कर्षसमेत निकालेको छ । गत जेठ २७ गते भएको दश बुँदे सहमतिमा टेकेर एकता प्रक्रिया अघि बढाउने नेपालखनाल समूहको निर्णय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्