Political Hightlights

पार्टी एकता वार्ता चलिरहँदा एमाले संस्थापनद्वारा एकलौटी ९ वटा विभाग गठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १८ गते १८:५५
पार्टी एकता वार्ता चलिरहँदा एमाले संस्थापनद्वारा एकलौटी ९ वटा विभाग गठन (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौं वटा विभागहरु गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौैं वटा विभागहरु गठन गरेको हो । पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुमध्ये स्कूल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैले राखेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो ।

संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवाष नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नी खरेललाई मनोनित गरिएको छ ।

प्रवक्ता ज्ञवालीले पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताउनु भयो । विभागलाई पूर्णता दिन सदस्यहरु मनोनित गर्ने काम भने बाँकी रहेको एमालेले जनाएको छ ।

एमालेले आगामी साउन २४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । त्यसको २ दिनअघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने पनि निर्णय पनि एमालेले गरेको छ ।

एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ ।

एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय पनि यस अघिनै गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्