Political Hightlights

पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

हिमालय टिभी
२०७८ साउन १८ गते १८:३०
पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

१८ साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका चार सांसदको पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले माओवादी परित्याग गरी एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

चारै नेताले आफूहरुले सांसदको रुपमा काम गर्न पाउनुपर्ने, माओवादी केन्द्रको कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्नु, संसदलाई कारबाही बारे जानकारी गराइएको पत्र कार्यान्वयन नगर्नु लगायत अन्तरिम आदेश माग गरेका थिए।

अदालतले भने उनीहरु नेकपा एमालेको सदस्य भएको र दलसम्बद्ध दलीय भूमिकामा संलग्न रहेको तथ्य खुल्न आएको जनाएको छ। दल त्यागपछि पनि चारै जना एमाले अध्यक्ष ओली नेतृत्वको पुनर्गठित सरकारमा सहभागी भएका थिए।

तर सर्वोच्चको गत जेठ ६ गतेको आदेशले उनीहरु मन्त्रीबाट समेत पदमुक्त भएका थिए। केही समय अघि चारै जना नेता नेकपा माओवादी केन्द्र पार्टी खारेजी माग गर्दै निर्वाचन आयोगमा पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्