Main News
आज केही प्रदेशमा भारी वर्षाको सम्भावना
२०७८ साउन १८ गते ९:०६
१८ साउन २०७८ काठमाडौं । आज पनि देशभरको मौसम प्रतिकुल रहने भएको छ ।
हाल प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया