Political Hightlights

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै

हिमालय टिभी
२०७८ साउन १८ गते ७:४१
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै

१८ साउन २०७८ काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ ।

नेकपा एमालेको नेपाल–खनाल समूह सरकारमा जाने नजाने निश्चित हुन नसक्दा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै छलफलको तयारी गर्नुभएको छ ।

साथै सत्ता गठबन्धनमा सहभागी सबै दलका शीर्ष नेताबीच पनि छलफलको तयारी भएको छ । गठबन्धनमा रहेका दलका दोस्रो तहका नेताहरुको कार्यदलले तयार पारेको न्युनतम कार्यक्रमबारे पनि शीर्ष नेताबीच छलफल गर्ने तयारी छ ।

अग्रगमन, नागरिक अधिकार र संविधान रक्षाको नारा दिएको सत्ता गठबन्धनले नयाँ सरकार गठनको तीन सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना शुरु भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्