Main News

मेलम्चीमा किन यसरी बारम्बार बाढी आइरहेको छ ? यस्तो रहेछ कारण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते २१:००
मेलम्चीमा किन यसरी बारम्बार बाढी आइरहेको छ ? यस्तो रहेछ कारण (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । असार १ गते बाढीले ध्वस्त बनाएको सिन्धुपाल्चको मेलम्ची खोला आसपासका बस्तिमा फेरि त्रास छ । लेदोसहितको बाढीले यसअघि बचेका संरचना पनि बगाएको छ । मेलम्चीमा किन यसरी बारम्बार बाढी आइरहेको छ ? थाहा पाउन हेर्नुहोस् यो रिपोर्ट ।

डेढ महिना त्र मेलम्ची खोलामा पटक टक बाढी आउनुको कारण यसको मुहान क्षेत्रमा गएको पहिरोलाई नै मानिएको छ ।

मेलम्चीभन्दा निक्कैमाथि हेलम्बुको भीमथाङ आसपासको खोला किनारमा दायाँ बायाँ दुवै तिरबाट पहाड खसेको छ । त्यसरी खसेको पहाडले गत असारमा खोला थुनिएको थियो । पछि थुनिएको ठाउँ खोलियो ।

मेलम्चीमा असार १ गते बाढी आयो । भीमथाङमा गेग्रानसहितको ठूलो फाँट छ । त्यही फाँटको छेउबाट पहिरो खस्न थालेकाले लेदोसहितको बाढी आएको हो । गेग्रानको फाँटबाट पहिरो खस्ने क्रम अहिले पनि जारी छ ।

यहाँबाट झरेको माटोले नदी थुन्छ । त्यहाँ पानी जम्मा हुन्छ र खोलिन्छ अनि लेदो सहितको बाढी आउँछ । शुरु हुने बेलामा बाढी सानो भए पनि यसले नदी वरपर थप कटान गर्छ । तलतिर गएपछि पानी बढ्दै जान्छ र बाढी जति तल पुग्यो उती ठूलो हुँदै जान्छ । शनिबार राति आएको बाढी यसरी खोला थुनिएर फुटेपछि नै आएको हो ।

असार एक गते र शनिबार राति आएको बाढीले मेलम्ची र इन्द्रावती नदीको संगमस्थल रहेको मेलम्ची बजारमा धेरै क्षति गरेको छ । बाढीले तिम्बु , चनौटे , तालामाराङ, मेलम्ची बजार, याङ्री पनि क्षतविक्षत बनाएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्षसहितको टोली पुगेको बेलामा पानी परेको छैन । र पनि पहिरो झरिरहेको छ र यसले विनाश गरिरहेको छ । अहिलेसम्म फाँटको एक छेउमात्रै झरेको छ । फाँटबाट पहिरो झर्ने क्रम जारी रहेसम्म मेलम्ची खोलामा बाढी आउने जोखिम कायमै रहने विज्ञले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *