Main News

बाढीबाट क्षतिग्रस्त पुल निर्माण तत्काल अघि बढाउन निर्देशन

हिमालय टिभी
२०७८ साउन १७ गते १९:११
बाढीबाट क्षतिग्रस्त पुल निर्माण तत्काल अघि बढाउन निर्देशन

१७ साउन २०७८ काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधीन पुल क्षतिग्रस्त भएको र त्यसको कारण पत्ता लगाइ निर्माण कार्य शुरु गर्न भनेको हो ।

समितिले सिरहा– धनुषा जोड्ने सडक अन्र्तगतको कमला पुल र गाइघाट–दिक्तेल अन्र्तगतको त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण छिटो पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले अरनिको राजमार्ग अन्तरगत विभिन्न सडक खण्ड क्षतिग्रस्त भएकाले सडकको स्तरोन्नति गर्न, आवश्यक पुल बनाएर तत्काल गाडी चल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

त्यस्तै पटक पटक अवरुद्ध हुने नारायणघाट–मुग्लिन सडक खण्डको दिर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी काम गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले अहिलेसम्म १ सय ५३ ठाउँमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । यसमध्ये ११ वटा अवरुद्ध अवस्थामै रहेको र ९३ वटा एकतर्फी चालु खुलेका उहाँले जानकारी दिनुभयो ।

देशभर क्षति भएका पुलमध्ये निर्माणाधीन पुल बढी मात्रामा क्षति भएको र त्यसको जवाफदेही निर्माण व्यवसायी आफै भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *