Political Hightlights

नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावमा महासचिव पोखरेल असन्तुष्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते १९:०५
नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावमा महासचिव पोखरेल असन्तुष्ट (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । बैठकपछि महासचिव पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

स्थायी कमिटी बैठकपछि पत्रकारसित कुरा गर्दै महासचिव पोखरेलले पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था नभएको बताउनुभयो।

पार्टी २०७५ जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने र विधानमा दुई अध्यक्षको व्यवस्था नभएको बताउनुभयो ।

एकताका लागि एमाले भित्र वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने विषयमा पनि छलफल चलिरहेको छ ।

ओली बराबरी हैसियतको अध्यक्षको प्रस्ताव भएपछि ओलीले मान्नुभएको छैन भने नेपालले आफ्नो माग दोस्रो अध्यक्ष नभएको र बनाउने भए अरुलाई बनाउनुपर्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्