Main News

सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते १८:४७
सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ ।

विश्व स्तनपान सप्ताहका अवसरमा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले ह्यूमन मिल्क बैंक स्थापना गर्ने जानकारी दिएको हो । परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा बैंक स्थापना हुनेछ ।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिनु भयो ।

शाखाले बैंकमा दूध राख्नका लागि करिव १ करोडको मेसिन खरिद गर्ने तयारी गरेको छ । विभागले आमाको दूध विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।

शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाईए कडा कार्वाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

आजबाट शुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । स्तनपान संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *