Main News
अब राजतन्त्र फेरि फर्केर आउन सक्दैनः नेता नेपाल (भिडियो रिपोर्टसहित)
२०७८ साउन १६ गते १९:१२
१६ साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर आउन नसक्ने बताउनुभएको छ ।
अखिल फोर्सको भेलामा वरिष्ठ नेता नेपालले कसैले चाहेर राजतन्त्र नफर्कने भन्दै त्यस्तो दुस्साअस गरे सह्य नहुने बताउनुभयो ।
नेता नेपालले नेपाली जनताले रगत बगाएर ल्याएको संविधानको मर्यादा रक्षाका लागि लडिरहेको भन्दै त्यसलाई कुल्चिने काम गरे स्वीकार्य नहुने बताउनुभयो ।
प्रतिक्रिया