Main News

गण्डकी प्रदेशका ११ वटै जिल्लामा फेरि बढ्यो कोरोना संक्रमण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते १६:०९
गण्डकी प्रदेशका ११ वटै जिल्लामा फेरि बढ्यो कोरोना संक्रमण (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ पोखरा । सरकारले तेस्रो लहरको कोरोना संक्रमण आउन सक्ने चेतावनी सार्वजनिक गरिसकेको छ । चेतावनीका बावजुद पनि सरकारी अड्डादेखि अस्पताल र सार्वजनिक क्षेत्रमा मानिसहरुको भिडभाड भने घटेको छैन । गण्डकी प्रदेशका ११ वटै जिल्लामा संक्रमण फेरि उकालो लागिरहेको छ ।

नेपालमा कोरोना संक्रमण फैलिएको दुई वर्ष पुग्न लाग्यो । यो अवधिमा कोरोना संक्रमण घटाउन भनेर सरकारले लकडाउन र निषेधाज्ञा नै लगाएको छ । तर पनि कोरोना संक्रमण घटेको छैन ।

अहिले निषेधाज्ञा हटेसँगै शहर बजारमा चहल पहल बढेसँगै गम्भिर संक्रमितको संख्या उकालो लागिरहेको छ । जसले गर्दा संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमित आउने क्रम बढेसँगै अस्पतालमा कोभिड संक्रमितका लागि छुट्याइएको बेड भरिन थालेका छन् ।

पछिल्लो केही हप्ता यता गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट गम्भिर प्रकृतिका कोरोना संक्रमित उपचारका लागि प्रदेश राजधानी पोखरा पुग्ने गरेका छन् ।

लकडाउनमा कडाई हुँदा अस्पताल आउने संक्रमितको संख्या घट्दो थियो । अस्पतालहरुले पनि बिरामीको चाप थाम्न सक्ने अवस्था थियो । तर फेरि थाम्नै नसक्ने अवस्था त आउने होइन भन्ने प्रश्न चिन्ता पनि बढेको छ । त्यसैले सबैलाई जनस्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य निर्देशनालयका अधिकारीको आग्रह छ ।

गण्डकी प्रदेशको ११ वटै जिल्लामा संक्रमणदर रोक्नका लागि सावधानी अपनाउनु आवश्यक छ । स्वास्थ्य मापदण्डको पालना र सावधानी नअनाए अवस्था नियन्त्रण बाहिर जान सक्ने विज्ञको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *