Main News

क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रधानमन्त्रीको निर्देशन

हिमालय टिभी
२०७८ साउन १६ गते ९:१३
क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रधानमन्त्रीको निर्देशन

१६ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको हिजोको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो ।

कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिनुभयो ।

बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको तेस्रो लहर आउनसक्ने आँकलन गरिएको र यसको सफलतापूर्वक व्यवस्थापन गरेर नागरिकको सुरक्षा गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

बैठकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा स्वास्थ्य तथा मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *