विदेश

तेल ट्याङ्कर आक्रमणमा इरानको संलग्नता रहेको इजरायलको आरोप

हिमालय टिभी
२०७८ साउन १६ गते ७:३३
तेल ट्याङ्कर आक्रमणमा इरानको संलग्नता रहेको इजरायलको आरोप

१६ साउन २०७८ इजरायल । अरब सागरस्थित तेल ट्यांकर आक्रमणमा इरानको संलग्नता रहेको इजरायलले आरोप लगाएको छ ।

इजरायली विदेश मन्त्री यायर लापिडले घटनामा इरानी आतंकवाद दोषी रहेको बताए । इरान मात्र इजरायलको समस्या रहेको बताउँदै उनले विश्व अब चुप लागेर बस्न नहुने बताए ।

तेल ट्यांकर घटनामा एक जना बेलायती र एक जना रोमानियाली नागरिकसहित दुई जनाको मृत्यु भएको थियो ।

गत बिहीबार अरब सागरमा उक्त दुर्घटना भएको थियो । लण्डनस्थित बेलायती कम्पनी जोडिएक मेरिटाइमद्वारा सञ्चालित एमभी मर्सेर स्ट्रीटमा घटना भएको थियो ।

यसबारे इजरायली शिपिंग म्याग्नेट इयाल ओफरको स्वामित्वमा रहेको कम्पनीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *