एआईएनद्वारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री प्रदान
१५ साउन २०७८ काठमाडौं । एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री (कोभिड किट) उपलब्ध गराएको छ।
कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआइएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
एआइएनले सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजरसहित करिब साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको अध्यक्ष डा. सुशील कोइरालाले जानकारी दिनुभयो । महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो ।
एआइएनको समन्वयमा फेयर मेड, आइपास, आड्रा, वाटर एड, डामिएन फाउण्डेशन गरी ६ वटा गैरसरकारी संस्थाले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। ती स्वास्थ्य सामग्री सबै स्वास्थ्य पत्रकारलाई वितरण गरिने मञ्चले जनाएको छ।
प्रतिक्रिया