Main News

देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने

हिमालय टिभी
२०७८ साउन १५ गते ९:१८
देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने

१५ साउन २०७८ काठमाडौं । आज पनि देशभरको मौसममा सामान्य देखि पूर्ण बदली हुने भएको छ ।

हाल प्रदेश १, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *