Main News

सुरुङमार्ग र पुल डिजाइन गर्न चिनियाँ प्राविधिक टोली नेपालमा

हिमालय टिभी
२०७८ साउन १५ गते ८:२५
सुरुङमार्ग र पुल डिजाइन गर्न चिनियाँ प्राविधिक टोली नेपालमा

१५ साउन २०७८ काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्गको पहिलो प्याकेजको सुरुङमार्ग र पक्की पुलको डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आइपुगेको छ ।

द्रुतमार्गको महादेवडाँडामा निर्माण हुने तीन किलोमिटरभन्दा लामो सुरुङमार्गसहित पक्की पुल निर्माणको ठेक्का पाएको चीनको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका २३ जना प्राविधिक नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले जानकारी दिनुभयो ।

सरकारले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा चार वर्षअघि नै नेपाली सेनालाई दिएको छ । टोलीमा हाइवे इन्जिनियर, टनेल इन्जिनियर, जियोलोजिस्टसहितका प्राविधिकहरू रहेका छन् ।

निर्माण सम्झौता भएको छ महिनाभित्र ती प्राविधिक डिजाइन तयार गरी स्वदेश फर्किने छन् । त्यसपछि निर्माणका लागि अर्को प्राविधिक टोली नेपाल आउने छ ।

द्रुतमार्गको दुइटै प्याकेजअन्तर्गतको सुरुङमार्ग र पुल निर्माणका लागि नेपाली सेना र चिनियाँ कम्पनीसँग वैशाख २९ गते सम्झौतामा हस्ताक्षर भएको थियो ।

करिब दुई महिनाअघि सम्झौता भए पनि कोभिडका कारण प्राविधिक टोली नेपाल आउन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *