Political Hightlights

आज पनि टुंगो लागेन कांग्रेस क्रियाशील सदस्यता विवाद

हिमालय टिभी
२०७८ साउन १४ गते २१:०५
आज पनि टुंगो लागेन कांग्रेस क्रियाशील सदस्यता विवाद

१४ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद आज पनि टुङ्गो लाग्न सकेन ।

क्रियाशील सदस्यता छानविन समितिले विवादित विषय आफुले समाधान गर्न नसकेको भन्दै फेरि शीर्ष नेतालाई नै पठाएको छ ।

यसअघि हिजो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सहमति खोज्न समितिलाई २४ घण्टाको समय दिएको थियो । समितिले उक्त समयमा सहमति हनु नसकेपछि विवादित विषय मिलाउन केन्द्रीय नेतालाई नै पठाएको हो ।

पाँचदिनभित्र यो विषय टुङ्गो लगाउने शिर्ष नेताबीच सहमति भएको छ । आज बसेको कांग्रेस शिर्ष नेताको बैठकमा मुख्यत तीनवटा विवादित विषय पाँचदिनभित्रै टुङ्गो लगाएर निर्धारित मितिमै महाधिवेशन गर्ने सहमति भएको छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिनुभयो ।

संयोजक लेखकका अनुसार समितिमा अन्य पार्टीबाट आएका नेता कार्यकर्ताको संख्या, धनुषा ४ र सर्लाहीमा नवीकरण तथा बारा र सप्तरीमा नयाँ सदस्यताको विवाद छ ।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा महाधिवेशनलाई कोरोना महामारीले पार्ने प्रभावबारे पनि छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्