राजनीति

एमाले विवाद : एकताको लागि सक्दो प्रयास गर्ने नभए आ-आफ्नो बाटो लाग्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १४ गते २१:००
एमाले विवाद : एकताको लागि सक्दो प्रयास गर्ने नभए आ-आफ्नो बाटो लाग्ने (भिडियो रिपोर्टसहित)

१४ साउन २०७८ काठमाडौं । नेकपा एमालेका दुवै पक्ष सहमतिका लागि सक्दो प्रयास गर्ने नभए आ–आफ्नो योजना अनुसार अघि बढ्ने दिशामा अघि बढेका छन ।

संस्थापन पक्ष र नेपाल खनाल पक्ष केही दिनभित्रै विवाद मिलाउन प्रयास गरेर समय तोकेरै अघि बढेका छन ।

अध्यक्ष केपी शर्मा ओलीले शनिबारसम्म विवादको टुंगो लगाउन आफू पक्षीय नेतालाई निर्देशन दिनु भएको छ भने वरिष्ठ नेता माधवकुमार नेपालले पनि एक साता भन्दा बढी कुर्न नसकिने बताउनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङलाई शनिबारसम्म विवादको वार पार गरिसक्न निर्देशन दिनुभएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले समेत हप्ता दिनभित्रै विवाद समाधान हुनुपर्ने र आफूलाई दोस्रो अध्यक्ष दिँदैमा समस्याको समाधान नहुने अडान स्पष्ट पार्नु भएको छ ।

उहांले समान हैसियत र सम्मानपूर्वक विवाद समाधान हुनुपर्नेमा जोड दिँदै आउनु भएको छ । तर त्यसका लागि पनि अब एक हप्ता भन्दा धेरै कुर्न नसकिने नेपालको अडान छ ।

हिमालय टेलिभिजनसंग संक्षिप्त कुरा गर्दै नेता नेपाल पक्षीय नेता भीम आचार्यले सहमतिको प्रयास भैरहेको जानकारी दिँदै सम्मानपूवर्क विवाद समाधान हुनुपर्नेमा जोड दिनु भयो ।

ओलीले शुक्रबार रातिसम्म सहमति गरे शनिवार स्थायी कमिटी बैठक बोलाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिनुभएको छ । सहमति नभए पनि शनिबार बैठक बोलाउन ओलीको निर्देशन छ ।

तीनै जना नेताले ओलीको निर्देशन अनुसार वरिष्ठ नेता नेपाल र नेपाल पक्षीय दोस्रो तहका नेताहरुसित छलफल गरिरहेका छन ।ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले सहमतिका लागि छलफल जारी रहेको र सकारात्मक रहेको दावी गर्नुभएको छ ।

पार्टी एकताको विकल्प नभएको भन्दै ढिलो चाँडो पार्टी एकढिक्का हुने पाल पक्षीय नेता भीम आचार्यको दाबी छ । तर ओलीले भने जस्तो शनिबारसम्म नभई समय बढी लाग्न सक्ने बताउनुभयो ।

एमालेमा विवाद समाधानका लागि १० बुँदे सहमति भएपनि कार्यान्वयमा भने आउन सकेको छैन । पाटी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बिचको आरोप प्रत्यारोप ले गर्दा सहमतिको प्रयास जटिल बन्दै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्